इण्डोनेशियाको बालीमा हुने जी-२० को शिखर बैठकमाचिनियाँ सहयोग हुने

0
145

काठमाडौं ।

चीनले इन्डोनेशियालाई विश्वका प्रमुख विकसित र विकासशील अर्थतन्त्रहरूको अन्तरसरकारी मञ्च जी-२० मा सघाउने घोषणा गरेको छ ।

यही कात्तिक २९ गते इण्डोनेशियाको बालीमा हुने जी-२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इण्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने र भावी योजना एवम् रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो ।

शिखर सम्मेलनले विश्वव्यापी कोभिड-१९ प्रतिको प्रतिकार्य, आर्थिक पुनरुत्थान, खाद्य सुरक्षा तथा ऊर्जामा योगदान गर्ने अपेक्षा चीनको रहेको एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बिहीबार बताएका हुन् ।

उप विदेशमन्त्री मा झाओसुले बाली शिखर सम्मेलनको “एकसाथ सुदृढ पुनः प्राप्तिको नारालाई चीनको समर्थन रहेको बताउँदै कोभिड-१९ प्रतिको प्रतिकार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ तुल्याउन, विश्वव्यापीरूपमा आर्थिक सुधार प्रवद्र्धन गर्ने, विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्नेलगायत क्षेत्रमा शिखर सम्मेलनले सक्रिय एवम् रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उपविदेशमन्त्री माले समूहको सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विश्वव्यापी आर्थिक सुशासनमा सक्रिय भाग लिइरहेको, दिगो, सन्तुलित एवम् समावेशी वृद्धिलाई अघि बढाउन अन्य पक्षहरूसँग मिलेर काम गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here