तेस्रो पथरी शनिश्चरे प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक किर्तिपुर सात बाघले जित्यो

0
385

छविराज ढकाल/ पथरीशनिश्चरे,

तेश्रो पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि किर्तिपुर सातबाघले जितेको छ। आइतबार भएको अति नै प्रतिस्पर्धात्मक फाइनल खेलमा रोयल किङ माथि ३ बिकेटको जित निकाल्दै दोश्रो पटक सात बाघले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको रोयलले सातबाघलाई १०७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ९ बिकेट गुमाएर १०६ रन बनायो । रोयलका राज बस्नेतले २२ भुपेन्द्र राईले १९ र भानु बिकले १४ रन बनाएका थिए भने किर्तिपुरका अनिश लुइटेलले ४ अस्विन महतले २ तथा रहर लामाले १ बिकेट लिएका हुन् ।

जवाफी ब्याटिङमा उत्रिएको सातबाघले १८ ओभर ३ बलमा ७ बिकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । सातबाघका अनिश लुइटेल २६ निधित राईले २५ र रहर लामाले रहर लामाले १६ रन बनाएका थिए । रोयल किङका दिपेश श्रेष्ठले ३ भुपेन राई महेश कार्कि र राज बस्नेतले १ / १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच अनिश लुइटेल घोषित भए ।

खेल समापनका अवसरमा आयोजित कार्यक्रममा पथरीशनिश्चरेका नगरप्रमुख मोहन तुम्बापोले क्रिकेट प्रेमीहरुको क्रेज बढ्दै गएकोमा खुसी व्यक्त गर्दै पथरीशनिश्चरेमा संचालन भएको क्रिकेट प्रतियोगिताले थप खेल क्षेत्रमा राम्रो सन्देश दिएको बताउनुभयो।

नगरप्रमुख तुम्वापोले बिजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी र उपबिजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगद सहित ट्रफि प्रदान गर्नुभएको थियो।। ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम र वडाध्यक्ष भीम कुमार राई समेतले सो प्रतियोगिताको बिधागत तर्फ पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

लीगको खेल अवधिभर क्लासिक एलाभेन हसन्दहका खेलाडीको अधिपत्य रहेको थियो । उदयमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसहन्दका सुजन खत्री घोषित हुदाँ क्लासिक एलाभेन हसहन्द सुधिर बस्नेत उदयमान खेलाडीको ट्रफी जिते ।

उत्कृष्ट क्याचको उपाधि बुद्ध युनाइटेडका राकेश राईले जिते भने उत्कृष्ट क्षेत्र रक्षण हसन्दहका सोलमन राईले जिते । उत्कृष्ट ब्याटमेन र प्रतियोगिताकै उत्कृष्ट खेलाडी हसन्दहकै सन्जिव धिमाल घोषित भए र उत्कृष्ट बलर रोयलका बिश्व जंग बस्नेतले ट्रफी जिते ।

असोज २२ गते बाट सुरु भएको प्रतियोगितामा नगर भित्रका ८वटा फ्रेन्चाइज क्लबको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here