महिलाको तस्वीर दुरुपयोग गर्ने भण्डारी पक्राउ

0
304

काठमाडौँ,

नेपाल प्रहरीले महिलाको तस्वीर दुरुपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्वीर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here