स्काइभेटरमा आगजनी गर्ने पक्राउ

0
143

ओखलढुंगा।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ मा रहेको स्काइभेटरमा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ बर्षीय तुलसीराज अधिकारी रहेका छन् । सृजनशिल कन्स्ट्कसन प्रालिको बा ३ ख ४३०६ नम्वरको स्काइभेटर चिशंखुगढी–२ बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनीबाट पुर्णरुपमा जलेर क्षति भएको थियो ।

तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी–१ सुर्केटारबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काइभेटरले माझिटार–हिलेछाप सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here