अर्जुनधारा सपिङ मार्टको रक्तदान र उपहार योजना कार्यक्रम सम्पन्न

0
220

अर्जुनधारा।

झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित अर्जुनधारा सपिङ मार्टको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तसञ्चार सेवा शाखा बिर्तामोडको प्राविधिक सहयोगमा स्थानीय देवकोटा चौकमा आयोजित उक्त कार्यक्रममा दुई महिलासहित १८ जनाले रक्तदान गरेको मार्ट सञ्चालन समितिका अध्यक्ष ताराप्रसाद नेपालले जानकारी दिए ।

समितिका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा–८ वडा समितिका वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए ।

सोही कार्यक्रममा नेपालीहरुको साझा चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको सन्दर्भमा मार्टले सञ्चालन गरेको ‘भाग्यशाली उपहार योजना–२०७९’को नतिजा सार्वजनिक गरेको थियो ।

उक्त योजनामा खुदुनाबारी निवासी इन्द्र मगरले प्रथम पुरस्कार, अर्जुनधारा–८ निवासी मनोज घिमिरेले द्धितीय पुरस्कार र अर्जुनधारा–८ निवासी सेवन्त ढकालले तृतीय पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्धितीय र तृतीय पुरस्कार प्राप्त गर्ने विजेतालाई क्रमश सात हजार, पाँच हजार र चार हजार बराबरको गिफ्ट ह्याम्पर्स वितरण गरिएको थियो ।

त्यसैगरी पाँच जना सान्तवना पुरस्कार प्राप्त गर्ने अर्जुनधारा–६ निवासी प्रत्यक्ष बाँस्तोला, अर्जुनधारा–७ निवासी पारुहाङ साङपाङ राई, अर्जुनधारा–८ निवासीद्वय विजय शाह र सञ्जय भट्टराई तथा बिर्तामोड–५ निवासी कञ्चना सिटौलालाई आइरन वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन अध्यक्ष नेपाल र खेमराज नेपालले संयुक्तरुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here