विकासभन्दा पहिला व्यवस्थापनको आवश्यकताः अध्यक्ष स्याङबो

0
263

गणेश अर्याल, इलाम ।

बिभिन्न ब्यत्तित्वहरुलार्इ सम्मान तथा बिदाइ सहित शान्तिपुर माध्यमिक बिद्यालयको ७१ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।

१०४ बर्षे जहानीय राणा शासनको अन्त्य सगै २००८ सालमा स्थापना भएको शान्तिपुर माध्यमिक बिद्यालय इलामको जेठो बिद्यालयहरु मध्ये पर्दछ । बार्षिक उत्सबको अवसरमा बिद्यालयबाट अन्य बिद्यालयमा सरुवा भइजाने शिक्षकको बिदाइ तथा बिद्यालयमा नया नियुक्त शिक्षकको स्वागत गरिएको थियो ।

रोङ गाउपालिका वडा नम्बर २ मा रहेको सो बिद्यालयको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बन मार्फत समृध्दी कार्यक्रम अन्तरगत बिद्यालयको आम्दानीको श्रोत बनाउने बताउनुभयो । ‘‘गाउपलिका को स्वीकृति बिना कुनै पनि बहानाको बिद्यालय बन्द गर्न पाइने छैन, गाउपालिका अध्यक्ष स्याङबोले भन्नुभयो,– ‘बिना पैसा गर्न सकिने कामहरु पनि बिद्यालयले गरेका छैनन् ।

सरकारले तोकेको न्यूनतम ज्याला पनि दिन नसक्नु दुखको कुरा भएकोले बिकास भन्दा पहिला ब्यवस्थापन आवस्यक रहेकोमा अध्यक्ष स्याङबोले जोड दिनु भएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले गाउको बिद्यालयको समस्या समाधान गर्न गाउपालिका प्रयासरत रहेको बताउनुभयो ।

कार्यक्रमा शिक्षा सेवीहरु शिवलाल भटराई, खगेन्द्र दाहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । यसैबि चगत तिहारमा बिद्यालयले देउसीभैलो कार्यक्रम गरेर ३ लाख ३९ हजार ३१० रुपैया नगद संकलन गरेको छ । रोङ गाउपालिका वडा नम्बर १ र २ अथवा साबिक शान्तिपुर गाबिस पुरैलाई समेट्ने गरी देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमका सम्योजक एव बिद्यालयका शिक्षक चन्द्र बहादुर लकान्द्रीले बताउनु भयो ।

बार्षिक उत्सब कार्यक्रममा प्रतियोगितात्मक बाल नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल चन्द्र खुलालले बताउनुभयो ।

शान्तिपुर माध्यमिक बिद्यालयमा हाल कक्षा एक देखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । भवन अभावमा ऐच्छिक बिषय पठनपाठनमा समस्या हुने गरेको प्रधानाध्यापक महेन्द्र पोख्रेलले बताउनुभयो । यस बर्ष बहुतले भवनको लागि बिद्यालयमा ५० लाख रुपैया बजेट आएको बिद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here