हर्षोल्लास तथा सद्भावको पर्व ‘तमु ल्होछार’

0
1329

bhuwan आज पुस १५ मा नेपालमा ‘तमु ल्होछार’ पर्व bhuwan copyधुमधामसाग मनाइाbhuwanदैछ । ल्होछार पर्व मुख्यत: बौद्ध समुदायले प्रमुख चाडको रुपमा मनाउादछन् । पुस १५ मा भने विशेष गरी गुरुङ समुदायले तमु ल्होछारको रुपमा हर्षोल्लासपूर्वक मनाउादछन् । यसदिन सामाजिक पर्वका रुपमा सार्वजनिक स्थानमा भव्यरुपले ल्होछार मनाइन्छ र घरपरिवारमा भने ल्होछार पौष शुक्लप्रतिपदाका दिनदेखि ‘तोल ल्होछार’ को रुपमा मनाउने गरिन्छ ।
मनाङ जिल्लाको सबैभन्दा उच्च भूभाग ‘फू’ र ‘स फुा ती क्ह्याल्सा’ मा गुरुङहरुको प्राचीन थलो भएको विश्वास गरिन्छ । हाल उनीहरुको घना बसोबास गण्डकी क्षेत्रमा रहेको पाइन्छ । गुरुङहरु माघे सङ्क्रान्ती, श्रीपञ्चमी, फागुपूर्णिमा, चैत्रमा ट्हो त्हें, ह्योाखु, बैशाखमा वायोपूजा, चण्डीपूजा र घाटु नाच, जेठमा सिल्दो त्हें, गैडु (गोठपूजा), असार १५, साउने सङ्क्रान्ती र ट्हो त्हें, भदौमा हरेलोपूजा, असोजमा फैलु र स्यौा पूजा, दशौ, तिहार, कात्तिकमा धीं त्हें (घर रखबार), मंसीरमा न्वागी र पुस १५ तथा शुक्लप्रतिपदामा ल्होछार मनाउादछन् ।
गुरुङ भाषामा उनीहरुको धर्म, संस्कृतिलाई ‘प्ये ताा ल्हु ताा’ भन्दछन् । यसलाई गुरुङ इतिहास र संस्कृतिको मौखिक नाली–बेली पनि भनिन्छ । उनीहरु प्रकृति( नदी–नाला, डााडा–कााडा, रुख, ढुंगा, पानीको मुहान आदिको पुजा गर्ने गर्दछन् । सूर्य, चन्द्र, तारा लगायत नौ ग्रहको पनि पूजा गर्ने गर्दछन् । उनीहरु प्राय: उच्च भू–भागमा बाक्लै धीं (घर) बनाएर नास (गाऊा)मा बस्छन् । लमजुङको ‘घलेगाउा’ एउटा नमूना गाऊा मानिन्छ । j
ल्होछार पर्व हिमाली तथा उच्च पहाडी किसानहरुको खेती किसानी, बालीनाली र सकुन अपसकुन, फलिफाप, अनिकाल, सहकालसाग पनि सम्बन्धित भएको विश्वास गरिन्छ । आदिकालदेखि किसानहरुले वितेको वर्षको नराम्रोपक्षलाई बिर्सन र नयाावर्षमा शान्ति र शुभ होस् भनी एक उत्सवको रुपमा मानी ल्याए । पछि बुद्धले १२ जीवको प्रसंग जोडिदिएपछि अझ महत्वपूर्ण पर्वको रुपमा स्थापित हुनका साथै ल्हो पद्धतिको विकास भएको मानिन्छ ।
ल्होछारको अर्थ : ल्हो (वर्ग, वर्ष) अनि छार/क्षार (नयाा) = नयाा वर्ष हो । ल्हो एक पद्धति हो । तमू चि (ज्योतिषशास्त्र) अनुसार ल्हो अथवा वर्ग, वर्ष अनुसार मानिसको उमेर गनेर पार्ग (कुण्डली) चक्रमा भिडाएर शुभ–अशुभ फल (ज्योतिष) पनि बताउने चलन छ ।
तमूहरुले मानिल्याएका बाह्र ल्हो र तिनका अर्थ: त: (घोडा), ल्हु (भेंडा), प्र: (वाादर), च्ह्या (चरा), खि: (कुकुर), फो (मृग), च्यु (मुसा), ल्वों (गाई), तो (बाघ), हृवीा (बिरालो), सप्ह्रि (सर्प/नाग), मुप्ह्रि (गरुड/ड्रागन) । एक जीव = एक वर्ष, वर्ग हुन्छ ।
तमुहरुले जस्तै तामाङ, शेर्पाहरु तथा अन्य बौद्ध समुदायहरुले पनि ‘ल्हो’ लाई १२ जीवजन्तुमा आधारित वर्ष, वर्ग र ‘क्षार’ लाई नयाा भन्ने अर्थ मान्दछन् । जनजिब्रोमा लोछार/लोसार प्रचलित हुादै आएको पाइन्छ ।
गुरुङ समुदायमा ल्होछारको अवसरमा हप्तादिन अघिदेखिनै चाडको खुशीयाली र उमङ्ग छाउादछ । चाडको तयारीमा सिंगै परिवार, गाऊा तथा समुदाय उत्साह तथा हर्षोल्लासका साथ लाग्दछन् । ल्होछारको अघिल्लो दिन शुभमुहुर्तमा गुरुङ समुदायले आ–आफ्ना घर–घरमा स्वस्ती–शान्ति गर्दछन् । ल्होछारको दिन अर्थात पुस १५ तथा पौष शुक्लप्रतिपदाका दिन आ–आफ्ना ग्रह–शान्ति र कुशल मङ्गलको कामनासहित घ्यूको बत्ती बालेर चोखोपानी, अक्षता र अन्य चोखो खानेकुरा चढाई, धुपीको धुप बालेर अर्थात विधिविधान पुर्‍याई सिम–भूमे, पितृ–मातृ र कुलदेवताको पूजा गर्दछन् । आ–आफ्ना मान्यजनहरुलाई ढोगभेट गरी पुरुषहरुले बेसारमा मलेको नौसरा नौगााठो पारिएको कााचो धागो र महिलाहरुले चाहीा बेसारमै मलेको सातसरा सातगााठो पारिएको कााचो धागो (डोरो) लगाई दिएर नयाा वर्षको अशिमलाा/आशिमाला (शुभकामना) आदानप्रदान गर्ने र मीठा–मीठा परिकार खाएर, ख्वाएर चाड मनाउने गरिन्छ ।
मौलिक तथा रोचक प्रचलन: तिहारमा खेलिएको देउसी–भैलोबाट संकलित अन्न र पैसा अथवा यदि देउसी–भैलो खेलिएको छैन भने चेलीबेटीहरुले आ–आफ्नो घरबाट चामल, रक्सी उठाउने र माइतीहरुले घ्यू, कुखुरा वा बोका ल्याउने अनि रोटी, रक्सी र मासुभात खाई ल्होछार मान्ने चलन छ । ल्होछारमा बिशेषत: स्योाके (भोज) खाइन्छ । स्योाके बाहेक महत्वपूर्ण विधिहरुमा म्हिग्रोचोग (भलाद्मी) हरुको अगुवाई र चााजोपााजोमा दिनये ल्ह्ये पौडिले शुभमुहुर्त बिचार गरी ह्योएादोये ल्ह्ये पुरोहितहरुले स्वस्ति शान्तिको विधि गर्दछन् ।
गुरुङ समुदायले परापुर्वकालदेखि मान्यता दिइल्याएका पज्यु, ल्ह्येबृा र लम (लामा) यी तीन वर्गका खेगि (पुरोहित) हरुबाट, मान्यता अनुसारका विधि गराएर ल्होछारमा सबैले आ–आफ्नो ग्रह शान्ति र कुशल(मङ्गल प्राप्तिको लागि म्हार (घ्यू) को बत्ति बालेर क्युफुई (चोखोपानी), च्यु (अक्षता) र अन्य चोखो खानेकुराहरु चढाई स्युरी (धुपी) को धुप बालेर सिल्दोा(नाल्दोा (सिमे(भूमे), खे (पितृ), मा (मातृ) र फैलु (कुलदेवता) को पुजाआजा गरिन्छ । मान्यजनहरुलाई मान मनितो, ढोगभेट गरी आर्शिवाद ग्रहण गरिन्छ ।
सामुहिक सार्वजनिक कार्यक्रमका अवसरमा धेरैसंग भेटघाट भइ शुभकामना आदानप्रदान हुन्छ । परम्परागत भेषभूषामा उपस्थित, नाचगान तथा गुरुङ संस्कृति प्रदर्शन गरिन्छ । कार्यक्रममा तमुहरु मात्र नभएर अन्य समुदायका र देशका ठूला पदाधिकारी, नेतागण, विद्वान वर्गहरुलाई समेत निम्त्याइन्छ । यसरी ल्होछार ‘साझा चाड’ को रुपमा विकसित हुादै आएको पाइन्छ ।
(पुस्तकहरु अध्ययन तथा गुरुङ संस्कृतिविदहरुको भनाइको आधारमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here