पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर तथा निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रमको सम्पन्न भएको छ ।
नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोगमा कात्तिक १८ गतेदेखि २० गतेसम्म कार्यक्रम सञ्चालन भएको हो ।
नगरपालिकाबाट रु ५ लाख रुपैयाँ विनियोजित भई संचालित कार्यक्रम नगर कार्यपालिकाको कार्यालय पशुपंन्छी तथा मत्स्य विकास शाखा पथरीको आयोजनामा भएको थियो।
आइतबार भएको समापन कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र शनिबार वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले अनुगमन गर्नुभएको थियो ।
पशु सेवा केन्द्र पथरीशनिश्चरे–६ मंगलबारेमा जम्मा २ सय १२ वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको पशुपंक्षी शाखा प्रमुख पर्वत शाहले जानकारी दिनुभयो ।































