आज खग्रास चन्द्रग्रहण लाग्ने

0
320

सम्वत् २०७९ साल कात्तिक २२ गते मंगलबार, कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि तदनुसार ८ नोभेम्बर २०२२ का दिन भरणी नक्षत्र, मेष राशीमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । यस ग्रहणका बारेमा जानकारी प्रस्तुत गर्नु पूर्व ग्रहण भनेको के हो र यो कसरी लाग्दछ भन्ने बारेमा विवेचना गरौं । हुन त ग्रहणका बारेमा विभिन्न भनाइहरु पनि सुनिन्छन् । तर, ग्रहणको परिभाषालाई ज्योतिषीय र भौतिकवादी विज्ञानको आधारमा बुभ्mन सकिन्छ । ग्रहणका बारेमा ज्योतिष विज्ञानले पाँच हजार वर्ष पहिले नै प्रमाणित गरिसकेको छ । ज्योतिषीय गणना अनुसार जुन दिन सूर्य ग्रहण भनिएको छ, त्यही दिन नै सूर्य ग्रहण लागेको छ । जुन दिन चन्द्रग्रहण भनेको छ त्यसै दिन चन्द्रग्रहण लागेको छ । जुन समयमा लाग्छ र जुन समयमा सकिन्छ भनेको हुन्छ, त्यही समयमा लागेर त्यही समयमा सकिएको हुन्छ । त्यसैले आधुनिक विज्ञानले ज्योतिष विज्ञानकै धरातलमा उभिएर यस विषयमा धारणा बनाएको पाइन्छ ।

आधुनिक विज्ञानका अनुसार जब सूर्य र चन्द्रमाका बीचमा पृथ्वी पर्दछ, त्यसबेला पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ अथवा सूर्यको प्रकाश चन्द्रमामा जानबाट रोकिन्छ र चन्द्रमा अँध्यारो हुन्छ । यसैलाई चन्द्रग्रहण भनिन्छ । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा कहिलेकाहीँ पृथ्वी र सूर्यको बीचमा पर्दछ । यो अवस्थामा चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा आउनबाट छेकिन्छ र पृथ्वी अँध्यारो हुन्छ । यसै अवस्थालाई सूर्य ग्रहण भनिन्छ । ज्योतिषीय मान्यता अनुसार जब सूर्यसँग राहु या केतु ग्रह एउटै राशीमा पर्दछन् भने त्यसबेला सूर्य ग्रहण लाग्दछ र जब चन्द्रमासँग राहु या केतु ग्रह एउटै राशीमा पर्दछन् भने त्यसबेला चन्द्रग्रहण लाग्दछ । अब प्रश्न उठ्न सक्छ विज्ञानको परिभाषा अनुसारचन्द्रमा र पृथ्वीको आप्mनो गतिका कारण ग्रहण लाग्ने भए, यी ग्रहहरु त निरन्तर घुमिरहेका हुन्छन् । यसर्थ, ग्रहण त लागीरहनुपर्ने हो त ।

किन सूर्य ग्रहण औंशीमा मात्र अनि चन्द्र ग्रहण पूर्णिमामा मात्र लाग्दछ ? हो, यहिँनेर ज्योतिष विज्ञानको प्रमाणिकता र रहस्य देखिन्छ । चन्द्रमा र पृथ्वी निरन्तर आप्mनो गतिमा घुमी रहे पनि सूर्य र चन्द्रमाबाट एउटै राशीमा राहु वा केतु ग्रह रहेका बेला मात्र ग्रहण लाग्दछ । राहु र केतु ब्रम्हाण्डका छायाँ ग्रह हुन् । सूर्य वा चन्द्रमासँग यी ग्रह एउटै राशीभित्र परेका बेला यीनको छायाँ सूर्यमा परे सूर्य ग्रहण र चन्द्रमामा परे चन्द्रग्रहण लाग्दछ । यसअघि कात्तिक ८ गते मंगलबार औंशीका दिन सूर्यका राशीमा केतु ग्रह परेका बेला सूर्य ग्रहण लागेको थियो र त्यसको ठीक १५ दिनपछि चन्द्रमासँग एउटै राशीमा राहु ग्रहको छायाँ परेर चन्द्रग्रहण लाग्दैछन् । यसरी एउटै महिनाभित्र दुईवटा ग्रहण पर्नु राज्यका लागि खासै राम्रो मानिँदैन । मंसीर ४ गते निर्वाचन आउँदैछ । मंसीर ५ गतेसम्म त शुक्र ग्रह पनि अस्त छन् । चन्द्रग्रहणको असर १५ दिनसम्म पर्दछ । २२ गते ग्रहण लागेदेखिको १५ दिन अर्थात् मंसीर ७ गतेसम्म चन्द्रग्रहणको असर पर्दछ । यो अवस्थाले राजनीतिक क्षेत्रमा केही प्रतिकूल अवस्थाको संकेत गर्दछ ।

अब विवेचना गरौं, ग्रहण अवधिको

ग्रहण लाग्ने तिथि–मिति शुरुमा नै उठान गरिएको छ । उक्त दिनको ग्रहण साँझ ५ बजेर ११ मिनेटमा चन्द्रोदयसँगै शुरु हुनेछ । चन्द्रोदयसँगै ग्रहणले स्पर्श गर्ने भएकाले वा ग्रहणको ग्रस्ततासँगै चन्द्रमा उदाउने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ५ बजेर २७ मिनेटमा उन्मिलन र ६ बजेर ३४ मिनेटमा चन्द्रमा ग्रहणबाट मुक्त हुने छन् । यो ग्रहणको अवधि १ घण्टा २३ मिनेट हुन्छ । यो ग्रहण भरणी नक्षत्रमा लाग्ने हुँदा लि, लु, ले, लो नामाक्षर भएका मेष राशीवालाहरुका लागि बढी प्रतिकूल हुने देखिन्छ ।

ग्रहण अवधिभर के गर्ने, के नगर्ने ?

सूर्यग्रहणको सुतक १२ घण्टाअघिबाट लाग्दछ भने । चन्द्रग्रहणको सुतक नौ घण्टाअघिबाट लाग्दछ । शास्त्रमा ग्रहण फललाई यसरी बताइएको छ ।

‘निद्रायां जायते व्याधिमुत्रे दरिद्रमाप्नुयात ।
पुरिषेकृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठिभोजनेस्यादधोगती ।
बन्धने च भवेत सर्पे वधे च नरकं व्रजेत् ।।”

अर्थः ग्रहणका समयमा सुत्यो भने रोग व्याध लाग्दछ । मूत्रत्याग गर्नाले दरिद्रता बढ्दछ । दिसा गर्नाले कीराको जन्म मिल्दछ । मैथुन गर्नाले सुँगुरको जन्म पाइन्छ । श्रृंगार गर्नाले कुष्ठिरोग लाग्दछ । भोजन गर्नाले अद्योगती लागिन्छ । कसैलाई बन्धनमा राखियो भने सापको जुनी पाइन्छ र बध गरियो भने नरकलोक भोग्नु पर्दछ ।

ग्रहणका समयमा भगवानका मूर्तिहरु छोएर पूजा नगर्ने । भगवानका फोटाहरु स्पर्श नगर्ने । भगवानको मूर्ति या मन्दिर रहेका ठाउँमा कपडा ढाकी दिने । सकभर सुतक शुरु भएदेखि भोजन या कुनै पनि खाद्य तथा पेय पदार्थहरु सेवन नगर्ने । कुनै महत्वपूर्ण प्रोजेक्टहरु नगर्ने । महत्वपूर्ण विषयमा निर्णयहरु नलिने । कुनै पनि नयाँ कामहरु थालनी नगर्ने, विशेष मिटिङहरु नगर्ने । तर, गृहस्थीहरुका लागि यी सबै कृत्यहरु सम्भव नहुन सक्छन् । नौ घण्टा अघिदेखि नै सबै कुराहरु बार्न सम्भव नभए पनि साँझ ५ः११ बजेदेखि ६ः३४ बजेसम्म भने माथि श्लोकमा सुझाइएका नियमहरु अनिवार्य पालना गर्नुपर्दछ ।

ग्रहणअघि तयार पारेका खानेकुराहरु पछिका लागि नराख्ने तर राख्नैपर्ने चीजहरु जस्तैः दही, दूध आदि भए तुलसीका पात, कुशका टुक्रा आदि हालेर राम्रोसँग ढक्कनले छोपेर राख्ने । साँझ ६ः३४ बजेपश्चात ग्रहण स्नान गरी भोजन तयार गरेर ग्रहण गर्न सकिन्छ । ग्रहणलाई हामी आत्ध्यात्मिक उन्नयन गर्ने अवसरका रुपमा भरपूर उपयोग गर्न सक्छौँ । यदि तपाईंको कुण्डलीमा सूर्यसँग राहु वा केतु अथवा चन्द्रमासँग राहु वा केतु एउटै भावमा बसेका छन् भने त्यो ग्रहण दोष हुन्छ । तर, सबै अवस्थामा ग्रहण दोषमात्र नभई योग पनि बन्न सक्छ । सूर्य, चन्द्रमा राहु र केतुको अवस्था, डिग्री, ग्रहण परेको भाव र त्यस भावको मालिक, ग्रहहरुको आपसी सम्बन्ध र दृष्टिमा दोष वा योगको अवस्था निर्धारण हुन्छ । यदि तपाईंको कुण्डलीमा चन्द्रमासँग राहु या केतु एकै ठाउँमा बसेका छन् भने तपाईंलाई ग्रहण दोष हुन सक्छ ।

चन्द्रमामनको कारक हो, शीतलताको कारक हो, आमाको कारक हो । जसरी चन्द्रमाको कला या राशी परिवर्तन अन्य ग्रहहरुको तुलनामा ज्यादै कम हुन्छ, त्यस्तै हाम्रो मन पनि परिवर्तनशील हुन्छ । कमजोर चन्द्रमाले शरीरको तापक्रम सम्बन्धी बिमार, आमाको स्वास्थ्यमा समस्या, अस्थीर मन लगायतका समस्या निम्त्याउन सक्छ । त्यसैले यदि तपाईंको कुण्डलीमा चन्द्र ग्रहण दोष छ भने यो चन्द्र ग्रहणको दिनलाई तपाईले ग्रहणदोष निवारण गर्ने एउटा सुनौलो अवसरका रुपमा भरपूर उपयोग गर्न सक्नुहुनेछ ।
राहु र चन्द्रमाको कारकता र मारकताको अवस्था विचार गरिकन तपाईंले मन्त्रजप, सिद्धी गरी लाभ लिन सक्नुहुनेछ । ग्रहण दोष नपरे पनि कुण्डलीका मारक ग्रहहरुका मन्त्रजाप सिद्धी गर्न सक्नुहुनेछ । आप्mना मनोकामना कल्पना गरेर इष्टदेवको उपासना या मन्त्र सिद्धि गर्न सक्नुहुनेछ । हनुमान चालिसा, महामृत्युञ्जय मन्त्र पाठ गर्नु पनि अत्यन्त उत्तम हुन्छ ।

पूर्णिमा व्रत राख्नेले के गर्ने ?

तपाईंहरु कतिले पूर्णिमा व्रत राख्ने गर्नुभएको छ भने जिज्ञासा हुन सक्छ कि, ग्रहण लागेको पूर्णिमाको व्रत राख्न हुन्छ कि हुँदैन ? पञ्चांगले पूर्णिमाको व्रत २१ ग्ते सोमवारका लागि गर्ने भनेको हुँदा यसै दिन पूर्णिमाको व्रत राख्नु पर्दछ ।

कात्तिक स्नान समापन गर्नेले के गर्ने ?

कात्तिक शुक्लपक्ष पूर्णिमा तिथिबाट चर्तुमास व्रतहरु पनि समापन हुन्छन् । यदि तपाईं विधिपूर्वक कात्तिक स्नान गरिरहनुभएको छ या चतुर्मासको व्रत गरिरहनु भएको छ भने यी दुवैको समापन विधि २२ गते मंगलबार बिहान ८ः११ बजे (जुन चाहिँ चन्द्रग्रहणको सूतक शुरु हुने समय हो) भित्रमा गरिसक्नु पर्दछ ।

१२ राशीमा ग्रहणको कस्तो असर पर्नेछ ?

टिकटक र युट्युवका अनावश्यक फण्डामा परेर तपाईंले चिन्ता लिनुपर्ने जरुरी छैन । यसै पनि ग्रहहरुको गोचर, चन्द्रमाको दैनिक अवस्थाले व्यक्तिलाई प्रभाव परिरहेको नै हुन्छ भने ग्रहण लाग्ने दिन पनि चन्द्रमा कै कारण व्यक्तिहरुमा केही प्रभाव अवश्य पर्दछ । तर, भाइरल हुनलाई फलाना राशी मालामाल, फलाना राशीको सत्यानाश जस्ता अनावश्यक सामाग्रीहरुका आधारमा मानसिकता तयार नगर्नुहोला । ग्रहण एउटा प्राकृतिक खगोलीय घटना हो । अब हेरौं कुन–कुन राशीमा कस्तो असर पर्दैछ त यो चन्द्रग्रहणको ?
मेष : घात
वृष : खर्च वृद्धि
मिथुन : आम्दानी
कर्कट : सुख
सिंह : मानहानी
कन्या : कष्ट
तुला :स्त्री पीडा
वृश्चिक : सौख्यम्
धनु : चिन्ता
मकर : व्यथा
कुम्भ : श्री पाप्ति
मीन : क्षति

(कुइँकेल शिक्षाकर्मी, विश्लेषक, पत्रकार, साहित्यकार तथा ज्योतिषविज्ञ पनि हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here