उमानाथ भण्डारी,
कमल ।

आगामी मंसीर ४ गते सम्पन्नहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जाँदा दलका नेता तथा कार्यकर्ता चुनावी प्रचार प्रसारमा व्यस्त रहेका बेला झापाको कमल गाउँपालिकाका युवा भने वनभोजमा रमाई रहेका छन् ।
सधै काममा व्यास्तहुने युवा यतीबेला समय निकालेर पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा पुगेर देउसी विसर्जनका साथै वनभोजमा रमाएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपलिका वडा नम्वर ११ स्थित झिलझिले बाट करिब ५ किलोमिटर उत्तरमा पर्ने पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा हिउँद लाग्नासाथ बनभोज खानजानेहरुको चहलपहल बद्ने गर्दछ ।
चाडवाड सकिना साथ साथीभाई सँग मिलेर बनभोज खादै रमाईलो गर्न आएका हौ, यसमा सिमित व्याक्ति मात्र नभएर सबै पाटी संघ सस्थाका प्रतिनिधी मिलेर बर्सेनी यो ठाउँमा आएर बनभोज खान र रमाईलो गर्न पाउँदा आफुलाई धेरै खुशीलागेको झापाको कमल गाउँपालिका वडा नम्वर ३ बाट बनभोज खान आउनु भएका गोपाल खनाल बताउनुहुन्छ ।
स्थानिय ठाउँमा भएका धार्मिक तथा पर्यटकिय स्थालको विकास गर्ने दाईत्व हाम्रो पनि हो । आन्तरिक पर्यटनको विकास सगै हाम्रा संस्कार संकृतीको संरक्षण र प्रवर्धन गर्नु हामि सबैको भुमिका महत्वपुर्ण हुन्छ । त्यसैले यस ठाउँमा आएर बनभोज खादै रमाईलो गरिरहेको झापाको कमल गाउँपालिका वडा नम्वर ६ बाट बनभोज खान आउनु भएका हरी ढकाल बताउनुहुन्छ ।

वनभोजमा युवा हरुले भरपुर मनोरन्जन गर्नु गरेका थियो । कोही नाच्न गाउनमा व्यस्त थिए भने कोहि कविता र जगलमा मस्त झुलिरहेका थिए । गजलकार विवश वलिभद्र कोईरालाको गजलले सबैलाई लठ्ठै बनाएको थियो ।
स्थानिय मात्र नभएर विदेशी पर्यटन समेत आउने गरेको यस स्थानमा बनभोज खादा रमाईलो लागेको छ । लगतारको कामको तनावका साथै चाडवाड समेत भर्खरै सकिएको र यसबाट भएको तनाव बाट एकैछिन भएपनि मनोरन्जन लिनकालागी फुर्सद निकालेर बनभोज खान आएका हौ यहाँ सबैले भरपुर्ण मनोरन्जन लिईरहेको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला बताउनुहुन्छ ।
पुर्वपश्चिम राजमार्ग बाट करिब ५ किलोमिटरको दुरीमा रहेकको पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाम बनभोज खान र घुम्नकालागी अत्यन्तै रमणिय स्थानमा पर्दछ । पछिल्लो समय स्थानिय सरकार आएपछि यस ठाउँको अझ विकास भएको छ । सधै काममा व्यस्तहुनेले पनि एकै छिन समय निकालेर पुग्नै पर्ने वनभोज कार्यक्रममा सहभागी लक्ष्मी ओझाले बताउनुभयो ।































