ओलीले देशलाई चीनकाे महंगाे ऋणमा फसाएर जनतालाई ठगेका हुन : नेता शाह

0
173

कपिलवस्तु ।

कपिलवस्तु क्षेत्र ३ का उम्मेदवार अभिषेक प्रताप शाहले ओलीले देशलाई महंगाे चिनियाँ ऋणमा फसाएर अर्थतन्त्र धवस्त बनाई जनतालाई ठगेकाे आराेप लगाउनुभएकाे छ ।

हिजाे चन्द्राैटामा आयाेजित एउटा टिभीकाे राजनितीक डिबेटकाे कार्यक्रममा एमाले उम्मेद्वार मंगल प्रसाद गुप्तासंगकाे बहसमा सत्ता गठबन्धनका उम्मेद्वार अभिषेक प्रताप शाहले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वबैंक लगायतबाट सस्ताे ऋण र अमेरिकी अनुदान नलिएर चीनबाट महंगाे ऋण लिई देशकाे अर्थतन्त्र बर्वाद पारेर जनतालाई ठगेकाे आराेप लगाउनुभएकाे छ ।

निर्वतमान सांसद एवं नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका शाहले जनताकाे मत पाएकाे ओली सरकारले दुई तिहाई बहुमतकाे दम्भमा देशकाे अर्थतन्त्रलाई चाैपट पार्दै लगेपछि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सरकार बाहिरिएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासंग गठबन्धन गरि देशलाई निकास दिलाउन पहल गर्नुभएकाे बताए । उनले देउवा नेतृत्वकाे गठबन्धनकाे सरकारले जनतालाई काेराेना खाेप पुर्याउने देखि लिएर विग्रिदै गएकाे अर्थतन्त्रलाई सुधाराेन्मुख बनाएकाे दाबी गरेका थिए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का जनता प्रगति शील पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार इश्वर दयाल मिश्र पनि उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here