झापा ।

घरयासी विवाद पछि झापाको बुद्धशान्तिमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गरी बस्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले आफ्नै २६ वर्षीय श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भजनाएको छ ।
भारतको महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा घर डेरा लिएर सुन पसल सञ्चालन गर्दै आएका गोरड र उनकी श्रीमतीको सामान्य विवाद हत्यासम्म पुगेको र करुवा प्रहार गर्ने रघु नाथ गोरडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






























