पतालगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ५ को १४ औं वार्षिक साधारण सभा सम्पन्न

0
409

झापा, पतालगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ५ को १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्योपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच संस्थाका अध्यक्ष युवराज गिरीले संस्थाको वार्षिक गतिविधिका विषयमा जानकारी गराएका थिए ।
अध्यक्ष गिरीले संस्थाको शेयर सदस्य संख्या नौ सय १४, शेयर पुँजी ६५ लाख ३० हजार सात सय पुगेको बताए । जगडा कोषमा १० लाख १७ हजार ९३ रुपैयाँ ८२ पैसा रहेको र अन्य कोषमा छ लाख २८ हजार तीन सय ७२ रुपैयाँ रहेको जानकारी गराए ।
संस्थाले सदस्यको माग बमोजिम मनिट्रान्सफर आइएमइ लगायतका विप्रेषण सेवा प्रदान गरिरहेको र आगामी दिनमा थप सेवा प्रदान गर्दै जाने बताइएको छ । टेलिफोन महशुल, बिजुली बत्तीको बिल, मोबाइलको रिचार्ज, हवाइ टिकट समेत संस्थाबाटै प्राप्त हुने बताइएको छ ।
सहकारीले सदस्य बिस्तार गर्दै ०७९÷०८० मा दुई हजार सदस्य पुग्ने लक्ष्य लिएको छ । सुपथ सहकारी पसल बिस्तार गर्ने, थप दुईवटा सेवा केन्द्र विस्तार गर्ने समेत लक्ष्य लिएको बताइन्छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवर, बिर्तामोड नगरपालिकाका एकराज बाँस्तोला, जिल्ला बचत संघका सचिव याम चुडाल, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दीरा श्रेष्ठ, ज्योति विकास बैंकका बिदुर कोइराला, जिल्ला सहकारी संघका डुण्डीराज गुरागाँई लगायतले बोलेका थिए ।
संस्थाका सल्लाहकार मोहनविक्रम मल्ल ठकुरीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट ऋणितर्फ तीन जना र बचतकर्तातर्फ तीन जनालाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणिमा दुर्गादेवी नेपाल, श्यामकुमार गुरुङ र रोशन तिवारीलाई सम्मान गरियो भने बचतकर्तातर्फ नवराज खड्गी, निशा गिरी, देउराज योङहाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here