जसपा प्रदेश अध्यक्ष चाम्लिङसहित दुई सय ३३ जनाले पार्टी छाडे

0
241

दमक ।

जनता समाजवादी पार्टी (जसपा) १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङसहित दुई सय ३३ जनाले पार्टी छाडेका छन्।

दलहरूको सिद्धान्त र व्यवहार फरक भएको भन्दै वहाँहरूले जसपा छाड्नु भएकाे हाे । झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेका हुन्।

पार्टी छाड्नेमा पार्टीको विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू पाटि छाडेकाे चामलिङले बताउनुभयाे ।

‘पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गरेका हौँ,’ उनले भने, ‘उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म एमाले प्रतिगमनकारी हुने ? रातारात सच्चिने ? यस्तो कसरी हुन्छ ? हामी अध्ययनमा थियौँ।’ चाम्लिङले भन्नुभय।

पर्टीको यही नेतृत्वले पार्टीलाई उद्देश्य प्राप्ति गर्न नसक्ने भन्दै जसपा छाडेको बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here