सुरुङ्गामा एक दिवसीय नृत्य प्रयोगशाला

0
157

सुरुङ्गा ।

नृत्य विधालाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सुरुङ्गामा एक दिवसीय नृत्य कार्यशाला सम्पन्न भएको छ ।

एमजे डान्स सेन्टर कनकाई नगरपालिका–३ द्वारा आयोजित सो नृत्य कार्यशालामा ४ वर्ष माथिका पाँच दर्जनभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियोे ।

सुरुङ्गा डान्स सेन्टरका सञ्चालक अमन गुप्ता, साउथ होराइजन अंग्रेजी माविका शिक्षक सुरज दत्त, नृत्य प्रशिक्षक पवन ठटाल, विद्योदय अंग्रेजी माविका शिक्षक गौरव खरेल, द सौल डान्स स्टुडियो मोरङका सञ्चालक प्रमोद बस्नेत, अभिभावक राजेन्द्र सिटौला, समाजसेवीद्वय याम भुजेल र सुदीप लिम्बूको आतिथ्य रहेको कार्यक्रममा झापा र मोरङका नानीबाबु सहभागी थिए ।

सो कार्यशालामा पूर्वीय लोक नृत्य र हिपहप लगायतका पाश्चात्य नृत्य सिकाइएको थियो । २०६९ सालमा स्थापित एमजे डान्स सेन्टरले लामो समय र छोटो समयका गरी वार्षिक रूपमा १ हजार बढीलाई नृत्य प्रशिक्षण दिइँदै आएको छ ।

एमजे डान्स सेन्टरका निर्देशक निशान खानको सभापतित्वमा भएको कार्यक्रममा नृत्य प्रशिक्षकद्वय सुनिल थापा र अस्लम खानले प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन नवोदित गायिका प्रज्ञा जोशीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here