मादीमा बगेर वृद्धको मृत्यु

0
150

दमौली, 

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए । स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here