जनतालाई दुःख नदिन राष्ट्रिय जनमुक्ति पार्टीको आग्रह

0
233

बिर्तामोड । 

विगतका समयमा जनताको मत प्राप्त गरी जनतालाई नै दुःखकष्ट दिएको कारण राष्ट्रिय जनमुक्ति पार्टीले आपत्ति प्रकट गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रमा जनताले पाउनुपर्ने नैसर्गिक अधिकारमाथि हनन गर्नु भनेको नश्लीय चरित्रको राज भएको बताउँदै जनतालाई भोकमरी, महंगी र विदेशी ऋणको भार नबोकाउनु जनमुक्ति पार्टी जनताको घर आँगनमा चुनाव चिन्ह घर लिएर आएको बताएका छन् ।

अर्जुनधाराको देवकोटा चोकमा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङ्बुहाङले ठूला दललाई मत दिएर भ्रष्टाचारको दल–दलमा मुलुकलाई फसाएको आरोप लगाउँदै जनताको अधिकारलाई कटौती गरेको हुँदा आउँदो मंसीर ४ को चुनावबाट ठूला दललाई किनार लगाउन जनतामा अनुरोध गरे ।

झापा क्षेत्र नं. ३का उम्मेदवार समेत रहेका आङ्बुहाङले चुनावको समयमा विभिन्न वाचा राख्दै, आशा देखाउँदै मत माग्ने विजयी भएपछि वेवास्ता गर्नाले त्यस्ता डाँट प्रबृत्तिलाई दोहो¥याएर मत दिए नेपाली जनताले अझ दुःख पाउने बताए ।

कार्यक्रममा प्रदेश १ समानुपातिक उम्मेदवार मिना पन्धाकले भ्रष्टाचारी चरित्र पालेका दललाई मत दिए देशले दुःख पाउने बताउँदै देश बचाऔं, देश बनाऊ भन्ने नारा लिएर जनमुक्ति घर–आँगनमा आएको बताए ।

पार्टी क्षेत्रीय अध्यक्ष खड्ग चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं. २ कका उम्मेदवार पार्वता माङ्मू, नगर अध्यक्ष राज खतिवडा, महिला नेतृ मिरा मगर लगायतले रुख सम्बोधन गरेको नगर सदस्य आरती तेयुङले बताए । कार्यक्रमको सञ्चालन तेज योङहाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here