पदीय मर्यादामा आघात पु¥याएको भन्दै आपत्ति

0
140

झापा ।

जिल्ला निर्वाचन कार्यालय झापा र मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको काम प्रति नेपाल शिक्षक महासंघ मेचीनगरले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष लेखनाथ पौडेलले विज्ञप्ति जारी गर्दै शिक्षकहरुको पदीय मर्यादामा आघात पुग्ने गरी माध्यमिक तहका स्थायी शिक्षकलाई करार शिक्षक जनाई सहायक मतदान अधिकृतका रुपमा खटाएको भन्दै आपत्ति जनाएको हो ।

मंसीर ४मा हुने संघीय तथा प्रदेशसभा निर्वाचनमा मतदान प्रयोजनका लागि मेचीनगरभित्रका शिक्षकहरुमा यस्तो विभेद गरिएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थायी शिक्षकलाई गरिएको घटुवा र पदीय मर्यादामा आघात पुग्ने गरी गरिएको निर्णयलाई तत्काल संशोधन गरी उचित व्यवस्थापन गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here