आश्वासन मात्र नदेखाउन थापाको चेतावनी

0
144

बिर्तामोड ।

नेपाली कांग्रेसका १ नं. प्रदेश सभापति उद्धव थापाले निमुखालाई आश्वासन देखाएर राजनीतिक नगर्न चेतावनी दिएका छन् ।

झापाको बिर्तामोडस्थित कृषिथोक उपज बजारलाई सुविधासम्पन्न सपिङ मल बनाउने र आम नागरिकको जीवनस्तर उकास्न एमालेले भूमिका खेल्ने जस्ता आश्वासन नदेखाउन उनले चेतावनी दिएका हुन् ।

आम सर्वसाधारणका लागि आफूले उत्पादन गरेका अन्नवाली तथा फलफूल र तरकारी विक्रीको केन्द्रको रुपमा रहेको कृषिथोकलाई टहरा हटाएर सुविधासम्पन्न मल बनाउने भन्दै झुठो आश्वासनसहितको एमालेले प्रचारवाजी गरेको भन्दै थापाले आपत्ति जनाएका हुन् ।

निर्वाचनका मुखमा यसखाले झुठा आश्वासन नदिन समेत उनले नेकपा एमालेलाई चेतावनी दिए । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारलाई विजयी गराउन अपिलसहितको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कृषिथोक कसैको राजनीतिक गर्ने थलो नभएको समेत बताए । उनले भने– कृषिथोकमा यो गर्छु, त्यो गर्छु भन्दै झुठा आश्वासन बेचेर भोट नबटुले हुन्छ ।

चुनावी सभाले झापा क्षेत्र नं. २बाट प्रतिनिधिसभाका उम्मेदवार हरिकुमार राना, प्रदेशसभाका उम्मेदवार पुष्प पोखरेल लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here