सुन्दरहरैचामा कारको ठक्करबाट एकको मृत्‍यु

0
162

पथरीशनिश्चरे,

मोरङ्गको सुन्दरहरैचामा कारको ठक्करले एक जनाको ज्यान गएको छ। कारले ठक्कर दिँदा केराबारी गाउँपालिका- ७ का ४२ वर्षे उत्तम कुमार मगरको मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार राती ९ बजे सुन्दरहरैचा वडा नं ७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नं.को मोटरसाइकलमा सवार मगरलाई विपरित दिशा तर्फ आउँदै गरेको BR ३८ N 2202 नं.को कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि सामुदायिक अस्पताल ईटहरी पठाईएको थियो । उपचारको क्रममा उनको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।कार र चालक प्रहरी नियन्त्रणमा छन्। सवारी साधन तिव्रगतिमा गुडाएका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here