पथरीशनिश्चरेमा नगर पशु अस्पताल निर्माणको लागि शिलान्यास

0
152

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा नगर पशुअस्पताल बन्ने भएको छ ।

आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु र नर्सिङ कन्स्ट्रक्सन प्रा.लि. जलेश्वरका प्रतिनिधिहरुको उपस्थिति अस्पतालको शिलान्यास गरिएको हो ।

नेपाल लाइभस्टक इनोभेसन आयोजनाको अनुदानमा अस्पताल निर्माण हुनेभएको हो । अस्पतालको लागि आवश्यक जग्गा स्थानीय ताराप्रसाद कोइरालासहित कोइराला परिवारले ३ कठ्ठा ६ जमिन उपलब्ध गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here