मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको ६ कमाण्ड, ३६ मोवाइल टोली

0
182

छविराज ढकाल/ पथरीशनिश्चरे, 

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ्ग मा ४ निकायका ७ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । निर्वाचन सुरक्षा अन्तर्गतको सम्पुर्ण बन्दोबस्तीको काम अन्तिम चरणमा पुगेको हो ।

मोरङ्गका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिदैंछ । मोरङ्गमा अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा थप फोर्सलाई संचितमा राखिएकोछ । मोवाइल टोलीले अतिसंवेदनशील मतदान केन्द्रलाई ध्यानमा राखेर तत्काल ‘रेस्पोन्स’ टिमको रुपमा काम गर्ने गरी प्रवन्ध मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभएको छ।

नेपाल प्रहरीको २हजार ८४ जना, म्यादी प्रहरी ३ हजार ६१६ जना, सशस्त्र प्रहरी ७सय र नेपाली सेना ६सय जनालाई परिचालन गरिदैंछ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा, त्यस भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेनाको टोली परिचालन हुनेछ ।

मोरङमा नेपाल प्रहरीले मोरङका ६ संघीय निर्वाचन क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्ड मोवाइल टोली परिचालन गर्नेछ । त्यस्तै, १२ वटा प्रदेशसभा सदस्य निर्वाचनमा प्रहरी निरीक्षकको कमाण्डमा ३६ वटा मोवाइल टोली परिचालित हुने छ ।

प्रत्येक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रभर प्रहरी नायव उपरीक्षकको टोलिले र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा रहेको तीनवटा मोवाइल टोली परिचालन गरिने भएको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार मोरङमा ५० अतिसंवेदनशीलमा मतदान केन्द्रमा सूचिकृत गरिएको छ । यसैगरी,१४४ संवेदनशील र ११२ सामान्यमा सूचिकृत गरिएको छ ।

यीमध्यें विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका ९ वटा स्थल, रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी गाउँपालिकाका मतदान स्थललाई संवेदनशीलमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here