सतासी साकोसको १९ औं सभा

0
175

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी वहुउद्येश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सुजता गुरुङ्गले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले प्रस्तुत गरेका थिए भने लेखा समितिको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक दिनेश शाक्यले प्रस्तुत गरेका थिए ।

संस्थामा आ.व.२०७८/७९ सम्म शेयर सदस्य संख्या ६ हजार ५ सय एघार जना रहेकाछन् । संस्थाको आ.व.२०७८/७९ सम्म शेयर पुँजी ७ करोड २६ लाख ५७ हजार ४ सय रुपैयाँ , निक्षेप संकलन ४२ करोड ९१ लाख ५५ हजार ६ सय १५ रुपैयाँ , ऋण लगानी ५७ करोड ६९ लाख ३२ हजार एक सय ३२ रुपैयाँ रहेकोछ । आ.व.२०७८/७९ सम्मको खुद मुनाफा १ करोड २५ लाख ७१ हजार ८२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका ५ वटै सेवाकेन्द्रहरु विर्तामोड एकाई, अर्जुनधारा एकाई, कनकाई एकाई, मेचीनगर एकाई, हल्दिवारी एकाई उपसमितिका पदाधिकारीहरु लगायत संस्थाका शेयर सदस्यहरुको वृहत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here