झापा,लिटल फ्लावर्स इङ्लिस स्कूल बिर्तामोड ४ले अप्सरादेवि स्मृति गायन तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
गत २०७१ सालबाट सुरु भएको यो प्रतियोगितालाई विद्यालयले यस वर्षपनि निरन्तरता दिएको हो । आगामी मंसीर २ गते उक्त प्रतियोगिताको फाइनल प्रतिष्पर्धा हुने मंगलवार पत्रकार भेटघाट गरी जानकारी गराइएको हो ।
फाइनल प्रतियोगिताका लागि विद्यालयले यस अघि नै विभिन्न चरणमा विभिन्न विद्यामा प्रतियोगी छनौट गरी सकेको र फाइनल प्रतिष्पर्धाका लागि १० ÷१० जनाले प्रतिष्पर्धा गर्ने बताइएको छ ।
यस अघि नृत्य तर्फ २२२ जना र गायन तर्फ १५१ जना बीच प्रतिस्पर्धा भएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुने चार जना जनही २० हजारका दरले र द्वितीय हुने ४ जनालाई नै जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
२०७५ सालमा भएको गायन प्रतियोगिताका उत्कृष्ठ विद्यार्थी विवस उप्रेती हाल भोइस अफ पोर्चुगलमा सहभागी हुँदै चारै जना निर्णायकहरुको कुर्सी घुमाउन सफल भएको विद्यालयका इसीए संयोजक एलपी शर्माले जानकारी दिए ।
विद्यालयका संस्थापक निर्देक राजेश खड्काकी माता अप्सरादेवि खड्काको स्मृतिमा उक्त प्रतियोगिता हुँदै आएको विद्यालयका प्रिन्सिपल विशल क्षेत्री तिम्सिनाले जानकारी दिए ।































