दुर्गापुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु

0
317

बिर्तामोड ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका–७ दुर्गापुरमा भएको दुर्घटनामा अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र ५० वर्षीया सीतादेवी मैनालीको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकलमा सवार रहेका थिए । उनीहरु श्रीमान श्रीमती रहेको बताइएको छ ।

दुर्घटनामा ठक्कर दिने सवारी तथा चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here