बिर्तामोड–खुदुनावारीको बिरिङ पूल पाँच वर्षभित्र निर्माण गर्ने प्रतिवद्वता

0
222

बिर्तामोड ।

झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोडबाट खुदुनाबारी जोड्ने बाटोमा पर्ने बिरिङ खोलाको पूल पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् ।

अर्जुनधारा नगरपालिका– ३ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले राजनीतिको ऐतिहासिक क्षेत्र सुखानी जोड्ने बाटोमा पर्ने पूल जिर्ण रहेकाले त्यसको निर्माणमा आफ्नो भूमिका रहने बताएका हुन् ।

अहिलेको गठबन्धन सरकारले बिकास निर्माणका काममा बजेट छुट्याउनु त परको कुरा राजनीतिक पूर्वाग्रह राखेर छुट्याएको बजेट समेत कटौती गरेको उनको भनाई छ । अधुरा रहेका थुप्रै कामहरु प्रदेश तथा स्थानीय सरकारबाट गर्न सकिने भए पनि गठबन्धनको सरकारले त्यसमा भाँजो हाल्ने काम गरेको दावी गरे ।

घिमिरेले अब मंसिर ४ पछि एमालेको सरकार आएपछि ती अधुरा रहेका कामले निरन्तरता पाउने र अर्जुनधारा नगरपालिकाको मुहार फेर्नमा आफुले निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवद्वता जनाए ।

उनले शहिदहरुले साहदत प्राप्त गरेको स्थानको बजेट सालबारी झिलमा लगेर प्रयोग ग¥यो भनेर बिपक्षीले आरोप लगाएको समेत सुनाए । उनले भने, बिपक्षीले अरु कुनै कुरा काट्न नभेटेर यी कुराहरु निकालिरहेका छन् । उनीहरुलाई तपाईहरु प्रश्न गर्नुहोस्, त्यो बजेट कहाँबाट कस्ले पठाएको हो ? कति र कहाँको लागि पठाएको थियो ?

उनले अर्जुनधारा नगरपालिकाका जनतालाई सिधा र सोझा ठानेर जे कुरा पनि पत्याइहाल्छन् भनेर अरु उम्मेदवार र उनीहरुका कार्यकर्ताले ढाँटेको समेत बताए । उनले झापाका जनता सहि र गलत छुट्याउन सक्ने क्षमता राख्ने भएकाले त्यस्ता गलत र झुक्याउनेको पछाडि नलाग्ने धारणा राखेका थिए ।

नेता घिमिरेले नेकपा एमालेले घोषणा पत्र मार्फत ल्याएका बिकास निर्माणका कामहरु पूर्ण रुपमा पालना हुने समेत बताए । एमालेले अब जनताको भोटबाट बहुमत पाउने र पाँच वर्षमा देशले नै मुहार फेर्ने समेत उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here