राजविराज,

सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणममा उहाँ ४८ मतान्तरले विजयी हुनुभएको हो ।
निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्य९१०मा जनमत पार्टीका सतिश सिंह र प्रदेशसभा ९२०मा महेश यादव निर्वाचित हुनुभएको थियो ।





























