झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

0
281

बनियानी,

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा ९एमाले०का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी हुनुभएको थियो ।

यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here