स्वरोजगार भवानीको १५ औं सभा

0
207

बिर्तामोड ।

बिर्तामोड–५मा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिवार बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक सदस्य महमद गुलाव नवीको प्रमुख आतिथ्य रहेको थियो ।

बार्षिक साधारणसभाका अवसरमा ४८ जना व्यक्ति र तीनवटा सेवा केन्द्रलाई सम्मान गरिएको थियो । त्यस अवसरमा १५ जना बजार प्रतिनिधि, ८ जना आन्तरिक कर्मचारी, ४ जना पारिवारिक बचतकर्ता, ४ जना असल ऋणी, ४ जना उत्कृष्ट बचतकर्ता, ४ जना बाल बचतकर्ता, ३ जना उत्कृष्ट खरिदकर्ता र तीनवटा सेवा केन्द्रलाई सम्मान गरिएको थियो ।

त्यसैगरी धितो प्रदान गर्ने झरेन्द्र उप्रेती, निरा उप्रेती, दीपक सिलवाल र डिल्लीमाया आचार्यसहित सञ्चारकर्मी लीलाराज झापाली र रेजिना गौतम समेत सम्मानित भएका छन् ।

अध्यक्ष बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ४१ हजार ३९० जना शेयर सदस्य रहेको साथै १६ करोड ६ लाख ७७ हजार २१८ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै सदस्यहरुको बचत (निक्षेप हिसाब ६४ करोड ८२ लाख ४ हजार २७३ रुपैयाँ ४ पैसा, सदस्यहरुलाई ऋण लगानी ८३ करोड ६० हजार ३ रुपैयाँ ५ पैसा रहेको छ भने यस आवमा संस्थाले २ करोड ४९ लाख ३२ हजार २०३ रुपैयाँ ४२ पैसा नाफा गर्न सफल भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समिति सदस्य गोपाल प्रसाईले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि कमल खनालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here