बिर्तामोडमा अर्बान स्पेस एजुकेशनको उद्घाटन

0
269

बिर्तामोड ।

शैक्षिक पराशर्मको क्षेत्रमा काम गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा सञ्चालनमा आएको अर्बान स्पेस एजुकेशनको औपचारिक उद्घाटन गरिएको छ ।

जापनमा १२ वर्षसम्म काम गरेर आफ्नै देशमा केही गर्ने उद्धेश्यले नेपाल फर्किएका तुलसी पाठकले शैक्षिक परामर्शको क्षेत्रमा काम गर्नका लागि कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् ।

जापन र कोरिया जान चहाने विद्यार्थी तथा कामदारलाई मध्यनजर गर्दै कन्सल्टेन्सी सञ्चालन गरिएको पाठकले जानकारी दिए । बिर्तामोड–४ मा कार्यलय रहेको अर्बान स्पेस एजुकेशनमा सिमित विद्यार्थीलाई भाषा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।

अनुभवि शिक्षक मार्फत शैक्षिक परामर्श प्रदान लगरिने बताइएको छ । विदेश तथा स्वदेशका विभिन्न कन्सल्टेन्सीमा भाषा प्रशिक्षकको रुपमा रहेका प्रशिक्षकहरुले विद्यार्थी शैक्षिक परामर्श दिइने बताइएको छ ।

अर्बान स्पेस एजुकेशन कन्सल्टेन्सीमा कामदारको रुपमा जापान जान चहानेहरुलाई पनि भाषा प्रशिक्षणका साथै र्वकिङ भिषा(एसएसडब्लू) तयारी कक्षा सञ्चालन भइरहेको सञ्चालक पाठकले जानकारी दिए ।

थोरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले शैक्षिक परामर्श सञ्चालनमा ल्याइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here