तोलामा एक सयले सस्तियो सुन

0
273

काठमाडौँ, 

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ८५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here