चीनमा व्यापक जनप्रदर्शन रास्ट्रपति सिको राजीनामा माग

0
173

चीन,

चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रर्दशन भएको हो ।

प्रदर्शनका क्रममा पत्रकार परेका बीबीसीका पत्रकार एड लरेन्सलाई गिरफ्तार गरी कुटपिट गरेको भन्दै बेलायत सरकारले प्रहरीको ज्यादतीप्रति ध्यानाकर्षण गरेको छ । बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले ट्वीट गर्दै उनको गिरफ्तारीप्रति चिन्ता ब्यक्त गर्नुभएको हो । यता राजधानी बेइजिङ र साँघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत माग गदै प्रर्दशन जारी नै राखेका छन् ।

चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनिया नागरिकहरुले चीन सरकार विरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेका छन् । लकडाउनका कारण सोही अपार्टमेन्टमा आगलागी हुँदा उद्धार गर्न कठिनाई भएको भन्दै सर्वसाधारण आक्रोशित बनेको हो ।

प्रदर्शनकारीहरूले कोरोना विरुद्धको नियम खुकुलो नपारे आन्दोलन चर्काउने धम्की समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here