सम्योग सम्बृद्धि साकोस भद्रपुरको साधारणसभा सम्पन्न

0
236

भद्रपुर ।

भद्रपुर १० स्थित सम्योग सम्बृद्धि बहुउदेश्य सहकारी संस्थाको ९ औं बार्षीक साधारणसभा सम्पन्न भएको छ ।

सहकारीले भद्रपुरमा बुधबार आयोजित एक समारोहबीच विभिन्न व्यक्तिलाई सम्मान गर्दै साधारसभा सम्पन्न गरेको हो ।

सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ठ कर्मचारीतर्फ रुपमा हिराकुमारी कार्की, उत्कृष्ठ बजार प्रतिनिधि लक्ष्मी बुढाक्षेत्री, उत्कृष्ठ व्यवस्थापक खगेन्द्र बानियाँ, उत्कृष्ठ जेष्ठ बचतकर्ता अमृत बहादुर बोहोरा र असल ऋणीतर्फ रुपमा द्रोणचार्य न्यौपानेलाई सम्मान गरेको हो ।

साधारणसभामा संचालक समितिको तर्फबाट सहकारीका अध्यक्ष विनोद चौहानले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए । प्रतिवेदनमा हाल संस्थाको शेयर पूँजी १ करोड ५५ लाख २९ हजार ६ सय रहेको उल्लेख गरिएको छ ।

९ बर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ४ सय ६० जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ ।

युवा व्यवसायी तथा समाजसेवी उपेन्द्र बाँनियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मेघनाथ निरौला, साहित्यकार खगिन्द्रा खुसी, धिरेन्द्र कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here