पथरी शनिश्चरे,
पथरीशनिश्चरे नगरमा हालसम्ममा २सय २३ जनालाई डेङगु संक्रमण भएको छ ।
असोज ६ गतेबाट ८ सय जनामा लिएको परिक्षणमा २ सय २३ जनामा डेङगु संक्रमणको पोजेटिभ भेटिएको हो ।
परिक्षण गरिएको बिरामी मध्यें २५ प्रतिशत मानिसमा डेङगु संक्रमण पुष्टी भएको नगर स्वास्थ्य कार्यालय पथरीशनिश्चरेका सिनियर अहेव एकराज खत्रीले जानकारी दिएका छन् ।