रहेनन् गणपत

0
232

झापा, पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय रहेका गणपत यादवको निधन भएको छ । दक्षिणी झापाको साविक घेरावारी ३ कुटी निवासी यादवको ७९ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचापको समस्याका कारण यादवको निधन भएको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको साविक झापा क्षेत्र नं ४ को कोषाध्यक्ष समेत रहेका यादव पञ्चायतकालमा साविक घेरावारी गाउँ पञ्चायत वडा नं ४ को दुई पटक वडाध्यक्ष भएका थिए । त्यसपछि बहुदलीय व्यवस्थामा पनि उनी घेरावारी गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिसंगै प्रहरी चौकी स्थापनालगायत विभिन्न सामाजिक कार्यमा विशिष्ठ योगदान पु¥याउने उनको योगदान शिक्षा क्षेत्रमा समेत उत्तिकै रहेको छ ।
कचनकवल १ घेरावारी निवासी यादवको जन्म २००१ साल वैशाख १ गते भएको थियो । यादवको निधनसंगै अन्त्येष्टि अघि पार्थीव शरीरमा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए । अन्त्येष्टिमा राप्रपाका केन्द्रीय सदस्यहरु रामकुमार सिंह राजवंशी ,अन्जरा आलम, जिल्ला सदस्य निमसरी राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
स्व. यादवका पाँच जना छोरा र दुई जना छोरी रहेका छन् । यादवका दुई श्रीमती मध्ये जेठी श्रीमती धेपोदेवी यावद र कान्छी लेपोदेवी यादव हुन् । जेठी श्रीमती धेपोदेवीको २०३९ सालमा निधन भएको थियो ।
लक्ष्मी नारायण – गीतादेवी, श्याम नारायण – अनिता, सत्यनारायण– दीपा , जयनारायण –आशा, देवनारायण– मञ्जु यादव वरेका छन् । दुई छोरी ज्वाईहरुमा इन्द्रवती– हितनारायण यादव, उमावती – सहदेव यावद रहेका छन् ।
जेठा छोरा लक्ष्मीनारायण यादव कचनकवल १ का पूर्व वडाध्यक्ष हुन् । त्यस्तै साइला छोरा सत्यनारायण यादव राप्रपाका जिल्ला सदस्य हुन् ।
त्यस्तै माइला छोरा श्यामनारायण , काइला छोरा जयनारायण र कान्छा छोरा देवनारायण यादव खेतीपाति र व्यवसायमा संलग्न छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here