दाता राईको सहयोगमा अर्जुनधारा जलेश्वर धाम प्रवेश गर्ने सडकमा सडक बत्ती

0
245

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम जाने सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भएको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय अर्जुनधारा–४ रातेखाल निवासी मीना राईबाट शनिश्चरे बजार चौक पश्चिम अनुमानित पाँच सय मिटरको क्षेत्रमा जम्मा २१ वटा सडक बत्ती जडान भएको हो ।

२०७७ सालदेखि सुरु भई तीन चरणमा सम्पन्न भएको उक्त सडक बत्तीको जम्मा लागत पाँच लाख रुपैयाँ रहेको सामाजिक अभियन्ता एवम् दाता राईले जानकारी दिइन् । श्रीमान अमरबहादुर राई र कान्छा छोरा सानु राईसहित आफन्तहरुको स्मृतिमा उनले उक्त सडक बत्ती जडान गरेकी हुन् ।

प्रत्येक वर्ष हुने धार्मिक अनुष्ठान र विभिन्न चाडपर्वहरुमा धाममा आउने भक्तजनहरुलाई लक्षित गरेर सडक बत्ती जडानको कार्यलाई छनौट गरेको उनले बताइन् । “बालाचर्तुदशीको समयमा धाम प्रवेश गर्ने मुख्य सडक क्षेत्रमा अँध्यारोका कारण देखिएको भक्तजनहरुको पीडाले आफू यो कार्य गर्न उत्साहित भएको हुँ”–उनले थप स्पष्ट पारिन् ।

यसैबीच जडान गरिएको सडक बत्तीहरुको आइतबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ । अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उपप्रमुख खड्गमाया पराजुली र दाता राईले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा–४ वडा समितिका वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा–८ वडा समितिका वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले दाता राईको उक्त कार्यको प्रशंसा गरेका थिए ।

चर्तुभूज काफ्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन धाम लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here