लैंगिक हिंसा विरूद्धको १६ दिने लैंगिक हिंसा सम्बन्धि अन्तर्क्रिया

0
262

पथरीशनिश्चरे,

माेरङकाे विराटनगरमा लैंगिक हिंसा बिरूद्धको १६ दिने लैंगिक हिंसा सम्बन्धि अन्तर्क्रिया सम्पन्न भएको छ।

आइतबार विराटनगर-११ स्थित जनपथ माध्यमिक विद्यालयमा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा बिरुद्वको अभियान” भन्ने नाराका साथ लैंगिक हिंसा र मानव अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको हाे।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख काशीराज दाहालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तीराज कोईराला, १ नं. प्रदेश मानव अधिकार आयोगको प्रमुख पवन भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, अन्य सरोकारवाला संघ संस्थाहरुका प्रतिनिधि र जनपथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत गरी सय जना भन्दा बढीको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here