उदयपुर।

उदयपुरको कटारी नगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी–२ का ३० बर्षीय दिलकुमार थापा मगर रहेका छन् । आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































