झापा, संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले झापा क्षेत्र नम्वर ४ अन्तरगत पर्ने विभिन्न ठाउँमा आम मतदाता तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेको छ ।
गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी उम्मेद्वार तथा मध्ये देउकुमार थेवे, एकराज उप्रेती र झलकसिंह दर्लामीले संयुक्त रुपमा आम मतदातालाई धन्यवाद ज्ञापन गरेका हुन् ।
झापा क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि थेवेको उम्मेद्वारी रहेको थियो भने प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर १ मा दर्लामी र २ मा उप्रेतीको उम्मेद्वारी रहेको थियो ।
तीनै जना प्रत्यासी उम्मेद्वारले शिवसताक्षी नगरपालिकाको दूधे, बैगुनधुरा कोरोवारी र महाभाराको टटुवारीमा धन्यवाद सभा सम्पन्न गरेको हो ।