विमल दहाल,
इलाम , माई नगरपालिकाको सडकमा घुमफिर गरिहिड्ने एक महिलालाई मंगलवार उद्धार गरिएको माया घर नेपाल इटहरीमा पठाइएको छ।
विगत केही दिनदेखि सडकको पेटीमा यत्रतत्र वरवराउदै घुमिहिड्ने पहिचान खुल्न नसकिएकी करिब ५५र ६० बर्षिय महिलाको उद्दार गरि संरक्षण केन्द्र पठाईएको हो। स्थानीय समाजसेवीहरु अभिषेक एक्तेन, पुष्प गिरी र एन्जेस एक्तेनको समन्वय र सहकार्यमा महिललाई जोखिममा परेको महिलाहरुको संरक्षण गर्ने संस्था माया घर नेपाल इटहरी पठाईएको हो। माया घरका प्रतिनिधि कौशल भण्डारी नेतृत्वको टोलीले सडक महिलालाई महिला संरक्षण केन्द्र इटहरी पुर्याएर परिवार संग मिलन गराउने बताईएका छन ।
सडक महिलाको उद्धारमा लोदिया प्रहरी चौकी दानाबारीका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका सभापति मित्र प्रसाद गौतम, पत्रकार विमल दहाल लगायतको सहयोग रहेको थियो।