जन्मोत्सवको अवसरमा ४२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण

0
310

अर्जुनधारा ।

आफ्नो जन्मोत्सव विभिन्न शैलीबाट मनाउने चलन अनुसार झापाको अर्जुनधारा नगरपालिका–६ स्थित नारायणप्रसाद खनालको परिवारले जन्मोत्सव सामाजिक कार्य गरी मनाएको छ ।

दाता नारायणप्रसादको ८३औं र नारायणप्रसादकी नातिनी समृद्धीको पाँचौं जन्मोत्सवको सन्दर्भमा बुधबार एक कार्यक्रमकोबिच सोही नगरपालिका–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्दै मनाएको हो ।

बाल कक्षाकी निकिता मण्डललाई ट्रयाक सुट वितरण गर्दै उद्घाटन गरिएको कार्यक्रममा ४२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख एवम् दाता परिवारका सदस्य विनोद खनालले जानकारी दिए ।

वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता परिवारका सदस्य एवम् विद्यालयका शिक्षक मनप्रसाद खनालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

नगर शिक्षा शाखाकी अधिकृत सुनिता भट्टराईलगायतले मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले स्वागत र शिक्षक गीता अधिकारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here