पथरी शनिश्चरे ।
पथरीशनिश्चरे–१० स्थित ऐयाबारीमा घर भएका युवा प्रकाश तामाङको दुवै मृगौला फेल भएपछि उपचारका लागि सहयोग गरिदिन भन्दै सबै समक्ष याचना गरेका छन् ।
३५ बर्षे प्रकाश तामाङको दुवै मृगौला फेल भएको विराटनगरस्थित नोबेल मेडिकल अस्पतालले १५ दिनअघि पुष्टि गरेपछि थप उपचारका लागि आर्थिक संकटमा परेका हुन् ।
तामाङको मृगौला प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ लाग्ने डाक्टरले भनेपछि उनको परिवार आर्थिक संकटमा परेको छ । उनका श्रीमती र नाबालक दुई सन्तान रहेका छन् ।