झापा, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको ओम नम शिवाय बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ ।
ग्राहकलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले हल्दिवारी गाउँपालिकाा – ३ स्थित ढडुवामा सेवा केन्द्र विस्तार गरेको हो । सहकारीका अध्यक्ष भरतलााल गिरीको अध्यक्षता तथा हल्दिवारी गाउँपालिका – ३ का वडाध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यमा सेवा केन्द्र विस्तार गरिएको सो समारोहमा नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाधयक्ष गोविन्द विक्रम गिरी, केन्द्रीय कोषाध्यक्ष डम्वर वन, प्रदेश अध्यक्ष चन्द्र प्रसाद गिरी, पर्यावरण विद् रुद्र गिरी लगायतको आतिथ्य रहेको थियो ।
सहकारीका उपाध्यक्ष खिलवहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शेयर सदस्य जानुका गिरीले गरेकी थिइन् ।






























