पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरुको ३ दिने आधारभूत तालिम सुरु भएको छ ।
सोमबार मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा तालिम सुरु भएको हो । पथरीशनिश्चरे नगरकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक समेत रहनुभएकी कार्यक्रमको सभाध्यक्ष देवीमाया काफ्ले, प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा लेखा संयोजक पिताम्बर वस्ती, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै, न्यायिक समिति सदस्य पदम धिमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने तालिमको सहजकर्ता मेघराज न्यौपानेले गरिरहनुभएको छ ।
उजुरी प्रशासक एवं नगरका कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरका १० वटै वडाका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।





























