कानेपोखरीमा ‘सचेतनामुलक स्कूल कार्यक्रम’

0
287

पथरीशनिश्चरे,

मोरङको कानेपोखरी- ६ स्थित जनसेवा माध्यमिक विद्यालय रमाईलोमा “लागू औषध सम्बन्धी” सचेतनामुलक स्कूल कार्यक्रम” संचालन भएको छ।

सोमबार समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार ईलाका प्रहरी कार्यालय पथरी मोरङ र रमाईलो जेसीस सप्ताह २०२२ को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेद प्रसाद गौतमको संयोजकत्वमा कानेपोखरी गांउपालिकाका कार्यवाहक अध्यक्ष भोलानाथ अधिकारी, वडा नं. ६ को वडा अध्यक्ष खड्ग बहादुर बस्नेत, रमाईलो जेसीसका अध्यक्ष सन्तोष फुयाल ,जनसेवा मा.वि.का प्रधानाध्यापक , शिक्षक/शिक्षिका, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू लगायत २सय जनाको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here