गोलधापमा एनएमसीको उपएकाइ सभा

0
355

बिर्तामोड ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ३० अौं वार्षिक साधारणसभा अन्तर्गत गोलधाप उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

एनएमसी गोलधाप सेवा केन्द्रगत उपसमिति संयोजक कपिलमणी चापागाईंको सभापतित्व तथा हल्दिबारी-१ का वडाध्यक्ष देवीबहादुर थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपसमिति सदस्य प्रकाशकुमार कार्कीले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आ.व.२०७९/०८०को बजेट तथा कार्यक्रम सञ्चालक समिति सदस्य सावित्रा दाहाल भट्टराई प्रस्तुत गरेकी थिइन्।

साधरणसभाबाट आगमी पुस २ हुने संस्थाको अन्तिम साधरणसभाका तथा मान्युट प्रमाणिकरणका लागि प्रतिनिधि छनौट गरिएको जनाइएको छ। प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयरपूँजी एक अरब ३५ करोड ५८ लाख ९५ हजार छ भने निक्षेप मौज्दात आठ अरब, ७० करोड,१३ लाख १२ हजार८६४ रहेको छ। हाल झापा, मोरङ र इलाममा गरी ५६ वटा एनएमसीका सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष थाप,जन जागृति माविका प्रधानाध्यापक इन्द्रिरा चुडाललगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन गोलधाप सेवा केन्द्र प्रमुख टेकनाथ घिमिरेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here