पथरीशनिश्चरे,

मोरङ्गको पथरीशनिश्चरे -६ गेलाबारी स्थित बुद्ध मार्गकाे बाटाेमा पर्ने पथरी (मुसरघट्टा ) खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरिएको छ।
सोमबार नगरप्रमुख मोहन प्रसाद तुम्वापोले शिलान्यास गर्नुभएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्य, प्रमुख ईन्जिनियर सन्तोष केसी, समेतको उपस्थिति रहेको थियो ।
संघीय सरकारबाट विनियाेजित बजेटले पथरी खाेलामा बहुबर्षिया याेजना अन्तर्गत उक्त पुल निर्माण कार्य शुरू भएकाे हाे । बहुवर्षीय योजना अन्तर्गत पुलको ठेक्का सम्झौता रकम भ्याट सहित ४करोड ७६ लाख ४४हजार ११९.९७ रहेको छ ।
४० मिटर लामो र ८.४० मिटर फराकिलो भएको पुलको निर्माणका लागि खुस्बु, रायमाझी र लुम्बिनी निर्माण सेवा कम्पनीहरूले ठेक्का सम्झौता गरेका छन्। उक्त योजना आगामी आर्थिक वर्ष -२०८१ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरी बुझाउने शर्तमा ति कम्पनीहरूलाई काम गर्ने जिम्मेवारी दिइएको नगरपालिकाका प्रमुख ईन्जिनियर सन्तोष केसीले जानकारी दिनुभयो।
उक्त पुल निर्माणको थालनी भएकोमा स्थानियवासी खुसी भएका छन्। निर्माण कार्य सम्पन्न भए पश्चात् पथरी बजारदेखि डाईनिया सम्मको सडक यातायात सहज रूपमा संचालन हुनेमा स्थानीय एलबी भण्डारी आशावादी देखिएका छन् ।






























