गौरादह जेसीजद्वारा जनप्रतिनिधिलाई प्रभावकारी बैठक प्रणाली तालिम

0
149

गौरादह ।

सामाजिक काममा सक्रिय रहदैं नेतृत्व विकासलाई पनि प्रभावकारी बनाउने उद्धेश्यले झापाको गौरादहमा आज एक दिने प्रभावकारी बैठक प्रणाली सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको छ । गौरादह नगरपालिको सहयोगमा गौरादह जेसीजले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मानवीय सेवा नै सर्वत्म कार्य भन्दै जेसीजले सामाजिक कार्यहरु गर्दै आएको छ । गौरादह जेसीजले युवामा नेतृत्व क्षमताको विकास गर्दै हरेक बैठकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा एक दिने प्रशिक्षणको आयोजना गरेर जनप्रतिनिधि तथा जेसीजमा आवद्धहरुलाई प्रशिक्षण दिएको गौरादह जेसीजकी वातावरण संयोजक इन्दु केसीले जानकारी दिइन् ।

युवा पुस्तामा सामाजिक काम प्रति उत्पे्ररणा जगाउने काम गौरादह जेसीजले गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सांसद हिक्मत कार्कीले प्रशंसा गरे । उनले जेसीजले विकृति विरुद्ध पनि अभियान सञ्चालन गर्दै लागूऔषध जस्ता र्दुव्यसनी विरुद्ध पनि सचेतना जगाउने खालका कार्यक्रम गर्नु पर्ने विचार ब्यक्त गरे । युवाहरुले नेतृत्व लिएर मुलुकको हरेक क्षेत्रमा रहेका विकृति विरुद्ध लाग्नुपर्ने भन्दै गौरादह जेसीजमा आवद्ध युवाहरुले सामाजिक काम प्रति देखाएको जागरुपताको प्रशंसा गरे । सोही अवसरमा गौरादह जेसीजले नव निर्वाचित सांसद कार्कीलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले गौरादहको परिचय गौरादह जेसीजले दिएको भन्दै प्रशंसा गरिन् । उनले नगरपालिका जेसीजसंग हातेमालो गर्दै सामाजिक काम गर्न तयार रहेको उल्लेख गरिन् । कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, सहजकर्ता राजाबाबु साह लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

गौरादह जेसीजकी अध्यक्ष बिनिता कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आस्था बाचान वतावरण संयोजक इन्दु केसीले गरेकी थिइन् । तालिम निर्देशक ध्रुवचन्द्र अधिकारीले मिसन भिजन वाचन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् कोषध्यक्ष भानु आर्चायले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव खड्ग थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here