अनुगमनलाई तीव्रता

0
203

विनोद सापकोटा
झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख उपप्रमुख हरेक योजनाको अनुगमनमा आफै पुग्ने गरेका छन् । पालिका संगको संझौता अनुसारको हरेक पुर्वाधार निर्माणको काम आफै उपस्थित भएर अनुगमन गर्ने गरेको पाइएको हो ।
‘मतदाताले आराम गर्न मत दिएर जिताएका होइनन् आम सर्वसाधरणले देखिने गरि नगर भित्रका हरेक्ष क्षेत्रको पुर्वाधार निर्माणका लागि मत दिएर जिताएका हुन्,’ उप्रप्रमुख नरमाया कार्कीले भनिन् ‘स्वास्थ्यलाई ख्याल गरेर बढीमा ८ घन्टा सुत्ने, बाँकी समय जनताकै सेवा गर्ने हो ।’
उपप्रमुख मात्र होइन । नगर प्रमुख मेघाहाङ (रोषन) पनि समयको परवाह नगरी सर्वसाधरणको समस्या बुझ्न र गुनासो सुन्न गाँउ गाँउ जाने गरेका छन् । शुक्रबार राति अबेर सम्म वडा नम्बर ८ को झिलिझिले बजारमा कालोपत्रे सडक निर्माणमा उनिहरु आफै खटिएका थिए । सर्वसाधरणको गुनासो नआओस भनेर आफै फिल्डमा आएको नगर प्रमुख थोप्राले बताए । ‘विकास निर्माणमा छलछाम, ढिलासुस्ती, लापारबाही हुन दिइने छैन,’ नगर प्रमुख थोप्राले भने ‘राज्यको रकम खर्च भएको छ । यो रकममा हरेक नगरबासीको पसिना बगेको छ । त्यसैले म आफै हरेक योजनाको निगरानी राख्छु ।’
शिवसताक्षी नगरपालिकाले पूर्व पश्चिम राजमार्ग संग जोडिएका जीर्ण सडकको स्तरोन्नती शुरु गरेको छ । पाँच वर्ष अघि कालोपत्रे गरिएका सडक जीर्ण हुँन थालेपछि पालिकाले स्तर उन्नती सुरु गरेको हो । ‘नगरका हरेक योजना चुस्त र दुरुस्त अनि पारदर्शी हुनुपर्यो भन्ने मेरो मान्यता हो,’ उनले भने ‘विकास निर्माणमा नगरपालिका र नगरका बासिन्दालाई हानि नोक्सानी हुने कुनै पनि तरिकाको संझौता कसैसंग पनि मेरो हुँदैन ।’ ‘त्यस कारण मेरो प्रत्यक्ष उपस्थितीमा योजनाको निगरानी हुन्छ ।’
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को झिलझिले — हवल्दार जोड्ने सडक र डुडामारी देखि हवल्दार जोड्ने सडक पुर्न मर्मत गरिएको छ । यसलाई पुन मर्मत भनिएपनि नयाँ कालोपत्रे नै गरिएको नगर प्रमुख मेघाहाङ थोप्राले जानकारी दिए । उनले भने, ‘कम्तिमा ५ वर्ष ढुक्क हुनेगरी पुर्न कालोपत्रे गरिएको हो ।’
यी दुईवटै सडक तत्कालिन जिल्ला विकास समिति झापाले कालोपत्रे गरेको थियो । कालोपत्रे गरिएपछि ०७५ मा पहिलो पटक रिपेयरिङ गरिएको नगरपालिकाका ईन्जिनियर कृष्ण राईले बताए । उनका अनुसार यो दोश्रो पटक रिपेयरिङ गरिएको हो ।
शिवसताक्षी नगरपालिकाले यो सडकको जीणोद्धार गर्न सडक बोर्ड नेपालको पनि आर्थिक सहयोग लिएको छ । नगर प्रमुख थोप्राका अनुसार डुडमारी क्षेत्रको ३८८.५ मिटर र झिलझिले क्षेत्रको ७४५ मिटर सडकको जीणोद्धार गरिएको हो ।
सडकको जीणोद्धार लागि नगरको २६ लाख ४५ हजार १५८ र सडक बोर्ड नेपालको ३५ लाख रुपैयाँ खर्च भएको छ । ५८ लाख २० हजार १२९ रुपैयाँमा ग्लोवल कन्ट्रक्सन शिवसताक्षीले ठेक्का कवोल गरेको थियो । मंंसिर १६ गते संझौता भएको यो योजना ०८० साल जेठ ३० गते सम्ममा जीणोद्धार सम्पन्न गर्नुपर्ने थियो । तर, संझौताको पाँच महिना अघि नै ग्लोवल कन्स्ट्रक्सनले काम सम्पन्न गर्न लागेको हो । ‘अवको दुई दिनमा नगरपािलका संगको संझौता अनुसारको काम सम्पन्न हुनेछ,’ कन्ट्रक्सनका संचालक प्रकाश साँवाले भने ।
यो कार्यक्रमकालागि नगरपालिकाले र सडक वोर्डले गत आर्थिक वर्षमै बजेटिङ गरेको थियो । तीन तहकै निर्वाचनको आचार संहिताका कारण कालोपत्रे सडकको जीणोद्धार गर्न विलम्ब भएको अनुगमन समितिकी संयोजक समेत रहेकी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् ।
सडकको जीणोद्धार हुँदा नगर प्रमुख थोप्रा, उपप्रमुख कार्की, इन्जिनियर लगायतको प्राविधिक टोली राती अबेर सम्म अनुगमनमै थियो । कार्यपालिका प्रमुख उपप्र्रमुख नै सडक रिपेयरिङ कार्यमा खटिएपछि स्थानियले गुणस्तरयुक्त सडक निर्माण भएको प्रतिकृया दिएका छन् । ‘खाल्डो मात्र पुर्ने भन्ने हल्ला सुनेको थिए । तर नगरपालिकाले नयाँ कालोपत्रे पो लगाइदिएछ,’ स्थानियले भने ।
शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले अबका चार वर्ष नगरका सडकलाई प्राथमिकताका आधारमा कालोपत्रे, ग्राभेल, चौडा ,नाला निर्माण र सडक नभएका ठाँउमा विस्तार गर्ने पालिकाले लक्ष्य राखेको बताए । ‘प्राथमिकताका आधारमा अब सडकको स्तरोन्नति, नाला, कालोपत्रे, हुने छ,’ नगर प्रमुख थाप्राले भने ।
नगरमा सडकको स्त्तरोन्नति हुन थालेपछि गाँउ गाँउका जनताले बिकासको अनुभूति गर्न थालेको स्थानियले बताएका छन् । घर अगाडीको धुलाम्मे सडक कालोपत्रे भएपछि झिलझिले बजारका स्थानिय हर्षित छन् । ‘सडकको धुलो भान्सा कोठा र विछ्यौना सम्म पुग्थ्यो,’ स्थानिय नेत्रप्रसाद सुवेदीले भने,‘स्वास प्रस्वास र छालाको समस्या आउन थालेको थियो । सडक पुन कालोपत्रे गरिएपछि अव सारिरीक र मानसिक समस्या हल भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here