भारतीय र चिनियाँ सैनिकबीच झडप, ३०० चिनियाँ सैनिक घाइते भएको भारतको दाबी

0
244

झापा ।

भारत र चीनका सैनिकबीच अरुणाचल प्रदेशको तवाङ सीमा क्षेत्रमा झडप भएको जनाइएको छ।

झडपमा परेर दुबै तर्फका सैनिकहरु घाइते भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। भारतीय सैनिक स्रोतको हवाला दिंदै चीन तर्फ ३०० सैनिक घाइते भएको एसिया न्युज इन्टरनेसनल (एएनआई)ले उल्लेख गरेको छ।

मंसीर २३ गते भएको झडप साम्य पार्न इलाका कमाण्डर तहमा वार्ता भएको जनाइएको छ। २०७७ असारमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ सैनिकसँग झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए।

चीनले भने उक्त झडपमा आफ्नो तर्फबाट भएको क्षतिको विवरण सार्वजनिक गरेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here